२२ जेठ २०८३, शुक्रबार

एमसीसी विवादः कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

एमसीसी विवादः कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

 प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।  

सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सो बैठकमा एमसीसी टेबुल गर्नेबारे छलफल हुनेछ ।

सत्ता गठबन्धन दलमै सहमति नभएकाले आज एमसीसी एजेण्डा बन्ने सम्भावना न्युन छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा समेत एमसिसी उल्लेख छैन । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७–७८’ पेस गर्ने कार्यसूची छ ।

salt training

कमेन्ट गर्नुहोस्