२४ जेठ २०८३, आइतबार

जबरजस्ती गरे गठबन्धन टुट्ने अडान दोहोर्‍याएर बाहिरिए प्रचण्ड-नेपाल, एमसीसी आज पनि टेबुल नहुने

जबरजस्ती गरे गठबन्धन टुट्ने अडान दोहोर्‍याएर बाहिरिए प्रचण्ड-नेपाल, एमसीसी आज पनि टेबुल नहुने

यथास्थितिमा एमसीसी पारित गर्न नसकिने पुरानै अडान दोहोर्‍याएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस)का अध्यक्ष माधव नेपाल बालुवाटारबाट बाहिरिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान बसेको बैठकमा प्रचण्डले एमसीसी जबरजस्ती अगाडि बढाए गठबन्धन टुट्ने बताएका थिए । 

बिहीवार बसेको गठबन्धनका चार दलको बैठकमा पनि प्रचण्डले सोही अडान दोहोर्‍याएको बैठक स्रोतले बतायो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शनिवार पार्टीको स्थायी कमिटी बैठक तय भएकोले आइतवारसम्मको लागि बैठक स्थगित भएको हो ।

बैठकमा सहभागी कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार बस्ने बैठकमा एमसीसीबारे टुंगो लाग्ने दाबी गरे । 

गठबन्धनमा सहमति जुट्न नसकेपछि शुक्रवार पनि प्रतिनिधि सभामा एमसीसी टेबुल हुने सम्भावना क्षीण भएको छ । 

बुधवार कार्यव्यवस्था समिति बैठकमा सरकारले एमसीसी टेबुल गर्ने औपचारिक प्रस्ताव गरे पनि सहमति जुट्न सकेको थिएन । 

प्रतिनिधि सभाको बैठक शुक्रवार दिउँसो १ बजे बस्दैछ । त्यसअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्