![एमसीसीको विरोधमा माइतीघरदेखि बानेश्वरसम्मै प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/mcc_birodh_2_VFF0MzLGyu.jpg)
विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा शुक्रवार पनि प्रदर्शन भएका छन् ।
प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने तयारी भएको भन्दै साना कम्युनिस्ट पार्टीले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
नेकपा मसाल, नेपाल कम्युनिस्ट पार्टी, जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा लगायतले काठमाडौंको माइतीघर मण्डलबाट प्रदर्शन शुरू गरेका हुन् । यो विरोध र्याली संसद भवनतर्फ जान लागेको छ ।
उनीहरूले सरकार र एमसीसीविरुद्ध चर्को नाराबाजी गरेका छन् । बानेश्वर क्षेत्रमा अन्य राजनीतिक संगठनले विरोध प्रदर्शन गरिरहेका छन् ।
एमसीसीको विरोधको क्रममा बुधवार बानेश्वर क्षेत्रमा झडप भएको थियो ।





