
गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई) सन्चालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतासँगै अब बिभिन्न बैंक बित्तिय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्द विद्युतीय भुक्तानीको सन्जाल सन्चालन गर्ने र भारतबाट बिभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपाल स्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यबस्था गर्न लागिएको हो ।
साथै यस् सेवाको सुरुवात सँगै भारतियहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने समेत कम्पनीले जनाएको छ ।
उक्त सम्झौतामा, नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ एनपीसिआई इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकिङ तथा मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।