
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी छन् ।
नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता २०७४, बालबालिका सम्बन्धी ऐन २०७५ र फौजदारी कसूर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा बाँकी कैद मिनाहा गरिएको हो ।