०५ असार २०८३, शुक्रबार

विद्यालय भवन बनाउन विकास बेल्जियमको १ करोड सहयोग

विद्यालय भवन बनाउन विकास बेल्जियमको १ करोड सहयोग

म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियमले करीब १ करोड सहयोग गरेको छ । 

विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा १० कोठे कक्षा कोठा भवन बनाउन लागिएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले विद्यालयको भवन बनाउन गाउँपालिकालाई ९७ लाख ३६ हजार रुपैयाँ उपलब्ध गराएको जानकारी दिए ।

२ करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित १ करोड ६० लाख ७२ हजार ९७२ रुपैयाँमा त्रिशक्ति कन्सट्रक्सन इन्जिनीयरिङले ठेक्का लिएको गाउँपालिकाका इन्जिनीयर सुनिल बानियाले बताए ।

२०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २ तले भवनको कूल खर्च हुने रकमको ७५ प्रतिशत विकास बेल्जियम र २५ प्रतिशत गाउँपालिकाले व्यहोर्ने सम्झौता भएको थियो ।

संस्थाले व्यहोर्ने मध्येको खर्च गाउँपालिकालाई उपलब्ध गराएको बरुवालले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्