०९ साउन २०८३, शनिबार

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गरौं : बाबुराम भट्टराई

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गरौं : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न आह्वान गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार ट्विटरमा शुभकामना लेख्दै भट्टराईले लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया भएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘नेपाली इतिहासमा पहिलो चरणको लोकतन्त्र (सीमित निजी स्वतन्त्रता र राजतन्त्र सहितको उदारवादी प्रजातन्त्र) शुरू भएको दिन २००७ फागुन ७ गतेको सन्दर्भमा सबैमा हार्दिक शुभकामना ! लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया भएकाले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गरौं ।’

salt training

कमेन्ट गर्नुहोस्