१४ असार २०८३, आइतबार

प्रचण्ड–ओलीबीच गोप्यवार्तामै चर्काचर्की

कात्तिक २०, २०७४
प्रचण्ड–ओलीबीच गोप्यवार्तामै चर्काचर्की
काठमाडौं, १८ पुस -सरकारले प्रधानमन्त्रीको निर्वाचनअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको सहमतिअनुसार संविधान संशोधन विधेयक टेबुल गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा सत्तारूढ र प्रमुख प्रतिपक्षीबीचको दूरी झनै बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको गोप्य वार्तामा चर्काचर्की भएको आजको राजधानी दैनिकले खबर छापेको छ ।

संविधान संशोधन विधेयक दर्तापछि देखिएको गतिरोध अन्त्य गरेर संसद् सुचारु गर्ने विषयमा भएको दुई नेताबीचको वार्तामा सहमतिको साटो झनै तिक्तता बढेको हो । प्रधानमन्त्री दाहालले मोर्चासमेत तीनवटै निर्वाचनमा आउँछु भनिरहेको अवस्थामा संशोधन विधेयक अगाडि बढाउने विषयमा विरोध गरेर समस्याको बाधक नबन्न ओलीलाई आग्रह गर्दा ओलीले राष्ट्रिय हितविपरीत रहेको र संविधानको ठाडै उल्लंघन गरी ल्याइएको संशोधन दर्ता गर्न खोजे कडा प्रतिवाद हुने बताएपछि बैठकमा चर्काचर्कीसमेत भएको थियो । प्रधानमन्त्री दाहालले बैठकमा आज (सोमबार) संशोधन विधेयक टेबुल गर्न लागेको र मोर्चासमेत संशोधन प्रक्रिया अगाडि बढाए पछि तीनै तहको निर्वाचनमा आउने भएकाले विरोध नगर्न आग्रह गरेका थिए ।oli prachanda

‘संशोधन विधेयक पास वा फेल जे भए पनि मोर्चा तीनवटै निर्वाचनमा सहभागी हुन्छु भनिरहेको छ । तपाईंहरू विधेयकमा सहमत हुनुहुन्छ भने सबैको सहमतिमै पारित गरौं, होइन भने विरोध नगर्नुस् प्रक्रिया अगाडि बढाऔं,’ ओलीसँग प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको र निर्वाचनमा मोर्चालाई सहभागी गराउन संशोधन प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको भन्दै संशोधनसहित अन्य विषय प्याकेजमै सहमति गरेर अगाडि बढ्न ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले देशभन्दा कोही ठूलो नरहेको र देशमाथि आक्रमण हुँदा कुनै सम्झौता नहुने भन्दै राष्ट्रिय हितविपरीत रहेको संविधान संशोधन विधेयक फिर्ता नहुँदासम्म समर्थन गर्नै नसकिने प्रस्ट पारेका छन् ।

ओलीले विधेयक फिर्ता लिएर निर्वाचन घोषणा गरे पूर्ण सहयोग गर्ने स्पष्ट बटमलाइनसमेत सुनाएका थिए । ओलीले प्रधानमन्त्री दाहाललाई संशोधन विधेयक टेबुल नगर्न आग्रहसमेत गरेका थिए । ‘यो विधेयक राष्ट्रिय हितमा छैन । यसले समस्याको समाधान होइन, मुलुकलाई समाप्त पार्ने बिन्दुमा पु¥याउँछ । तपाईंहरू यस्तो राष्ट्रघाती विधेयक दर्ता नगर्नुस्, बरु फिर्ता गरेर अब निर्वाचनमा जाऔं । जनताले नै को सही को गलत भन्ने फैसला गर्नेछन्,’ दाहालसँग ओलीको भनाइ थियो । दुई नेताबीचको भेटमा प्रधानमन्त्री दाहालले अब संशोधन विधेयक नरोकिने भन्दै सरकारले टेबुल गराएर अघि बढ्ने बताउँदा ओलीले जबर्जस्ती अघि बढाए कडा प्रतिरोध गर्ने जनाउ दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्