०१ साउन २०८३, शुक्रबार

मोरङका दुई नगरपालिकाको मेयरमा कांग्रेस विजयी, एमाले उपमेयरमा सीमित

कात्तिक २०, २०७४
मोरङका दुई नगरपालिकाको मेयरमा कांग्रेस विजयी, एमाले उपमेयरमा सीमित

विराटनगर, १९ असार– मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

जिल्लाको उत्तरी भेगका लेटाङ–भोगटेनी नगरपालिकाको प्रमुखमा काँग्रेसका शङ्कर राईले छ हजार ६५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्र लावतीले छ हजार ३५१ मत प्राप्त गरे ।

उपप्रमुखको पदमा एमालेकी कृष्णकुमारी निरौला छ हजार ८०९ मत प्राप्त गरी विजयी भइन् । सोहीअनुरुप, वडा नं ४, ६, ७ र ८ मा काँग्रेस, वडा नं १, २, ५ र ९ मा एमालेले वडाअध्यक्षसहित जित हात पारेको छ भने वडा नं ३ मा एक जना खुल्ला सदस्यबाहेक अन्य सबै पदमा काँग्रेसले जित हात पारेको छ ।

यसैगरी रतुवामाई नगरपालिकाको प्रमुखमा काँग्रेसका रवीन राईले नौ हजार ८९५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टेकेन्द्र पोमुले आठ हजार १५० मत प्राप्त गरे ।

उपप्रमुखको पदमा एमालेकी दयामन्त चुडालले आठ हजार ३७२ मत प्राप्त गरेर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी फूलवती गोडीले आठ हजार ३१३ मत प्राप्त गरिन् ।

मोरङको आठ नगरपालिकामध्ये दुईवटा र आठ गाउँपालिकामध्ये एउटाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । अन्य स्थानीय तहमा मतगणना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्