२० असार २०८३, शनिबार

विमानभित्र एसी बन्द भएपछि, यात्रुले म्यागेजिनलाई बनाए पंखा

कात्तिक २०, २०७४
विमानभित्र एसी बन्द भएपछि, यात्रुले म्यागेजिनलाई बनाए पंखा
नयाँ दिल्ली, २०असार– घाटामा चलिरहेको एयर इण्डियाको विमानभित्र एसी बन्द हुँदा यात्रुहरुले कष्ट भोग्न बाध्य भए । विमान नयाँदिल्लीबाट बग्डोगरा जाँदै थियो ।  


विमानभित्र एसी नचलेपछि यात्रुहरुले गर्मीबाट बच्न म्यागेजिनको सहाराले हावा गम्केका थिए । फ्लाइटमा एसी बिग्रेको पाइलटलाई जानकारी थियो तर विमान उडेपछि मात्रै एसी नचलेको भनेर यात्रुहरुलाई जानकारी दिएपछि यात्रुहरु निकै रिसाएका थिए ।

यात्रुहरु रिसाएर विमानभित्र विरोध शुरु गरेका थिए । साथै उनीहरुले ट्वीटर र फेसबुकमा तिक्तता समेत पोखे ।  

एयर इण्डियाका प्रवक्ताले विमानको एसी बिग्रेका कारण यात्रुहरुले गुनासो गरेको जानकारी दिए । दिल्लीबाट फ्लाइट बिहान ६ बजे बग्डोगराका लागि उडेका थिए । विमान अवतरण भएसम्म पनि एसी बन्द अवस्थामा थियो ।

salt training

कमेन्ट गर्नुहोस्