२३ जेठ २०८३, शनिबार

ओलीको गृहजिल्लामा एमालेलाई हराउँदै राप्रपा दुई ठाउँमा विजयी

कात्तिक २०, २०७४
ओलीको गृहजिल्लामा एमालेलाई हराउँदै राप्रपा दुई ठाउँमा विजयी

झापा, १९ असार– नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो जीत दर्ता गरेको छ ।

झापाको हल्दीबारी गाउँपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन विजयी भएका छन् । उनले एमाले उम्मेदवारलाई हराउँदै हल्दीबारीको प्रमुखमा जीत हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार मञ्जु सिटौलालाई ४ सय भन्दा बढी मतको अन्तरले पराजित भइन् । विजयी भएका रविन्द्र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनका भाइ हुन् ।


हल्दीबारीको उपप्रमुखमा भने एमालेका डम्बर गिरी विजयी भएका छन् ।

राप्रपाले यसअघि झापकै कचनकवल गाउँपालिकामा जीत हासिल गरेको थियो । उक्त गाउँपालिकाको प्रमुख र उपप्रमुखमा राप्रपाका उम्मेदवार विजयी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्