२२ जेठ २०८३, शुक्रबार

मेयर जित्दा धेरै ठाउँको उपमेयर किन हार्‍यो कांग्रेस ?

कात्तिक २०, २०७४
मेयर जित्दा धेरै ठाउँको उपमेयर किन हार्‍यो कांग्रेस ?
काठमाडौं, १९ असार– असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।

जम्मा तीन सय ३४ स्थानीय तहमध्ये नगरपालिका १ सय १९ रहेको छ भने गाउँपालिका अध्यक्ष २१५ निर्वाचित हुने छन् ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले दोस्रो चरणको चुनावमा धेरै नगरपालिकामा जीत निकालेको छ । कांग्रेसले ३० नगरपालिकामा जीत निकाल्दा नेकपा एमालेले २१ नगरपालिकामा जीतेको छ ।

त्यस्तै माओवादी केन्द्रले ५ नगरपालिकामा जीत निकालेको छ । फोरम लोकतान्त्रिकले एक नगरपालिकामा जित हात पारेको छ ।

उपमेयरमा भने एमालेले बढी स्थानीय तहमा जीत हात पारेको छ । उसले २८ नगरपालिकामा जितेको छ । नेपाली कांग्रेसले मेयर भन्दा उपमेयर १० स्थानमा कम जितेको छ ।

गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले ८२ स्थानीय तहमा जित्दा नेपाली कांग्रेसले ६६ स्थानीय तहमा जित निकालेको छ । त्यस्तै माओवादी केन्द्रले २७ स्थानीय तहमा जीत निकालेको छ ।

गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसले अध्यक्षभन्दा कम ५८ स्थानीय तहमा जितेको छ । एमालेले भने गाउँपालिकाको अध्यक्ष भन्दा उपाध्यक्षमा धेरै स्थानीय तहमा जीतेको छ ।

त्यस्तै माओवादी केन्द्रले २५ उपाध्यक्षमा जित निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्