
इटहरी, १९ असार एमालेले जित्दै आएका प्रदेश एकका दुवै उपमहानगर धरान र इटहरीको सुरुवाती चरणमा कांग्रेसले लिएको अग्रता तोड्दै एमाले अगि बढेको छ । वडा नम्बर १ र २ नम्बरको गणनामा दुवै वडामा प्यानलै जितेको कांग्रेसले तीन सय बढिको अग्रता लिएको थियो । वडा नम्बर ३ र ४ को गणना बाट भने एमालेले अग्रता लिएको थियो ।
शनिवार बाट धारनमा अग्रता लिएको एमालेले इटहरीमा भने आइतबार विहान बाट मात्रै अग्रता लिएको थियो । धरानका १,२ र ५ वडामा कांग्रेसको प्यानल विजयी बनेको छ भने वडा नम्बर ३,४ र ६ मा एमालेले प्यानलै विजय प्राप्त गरेको छ ।
यता इटहरीमा भने एमालेले अग्रता लिएपनि विजेता घोषणा गरिएका वडाहरुमा एमाले भन्दा कांग्रेसको संख्या बढि छ । इटहरीमा कांग्रेसले १,३ र २० नम्बर वडामा प्यानलै विजय प्राप्त गरेको छ भने एमालेले गनिएका तिन वडामा अग्रता लिएपनि १८ वडामा मात्रै विजय घोषीत भएको छ ।
हाल धरानमा ७ नम्बरको गणना भइरहेको छ । धरानमा एमालेका मेयर उम्मेदवार तारा सुब्बाले साँझ सात बजे सम्मको नतिजामा ५१७३ मत ल्याएर ४५१३ ल्याएका कांग्रेसका तिलक राईलाइ ६६० मतले पछि पारेका छन । उपमेयरमा पनि एमाले उम्मेदवार मन्जु भण्डारीले ५३४० मत ल्याएर ४५१३ मत ल्याएकि कांग्रेस उम्मेदवार श्यामा रेग्मीलाइ ८२७ मतले पछि पारेकि छिन ।
यता इटहरीमा पनि एमालेका मेयर द्धारिकलाल चैधरीले कांग्रेस उम्मेदवार रोहित प्रसाइलाइ ३२६ मतान्तरले पछि पारेका छन । चौरीले हालसम्म ६९८७ मत ल्याएका छन भने प्रसाइले ६६६१ मत ल्याएका छन । यस्तै इटहरीको उपमेयरमा पनि एमालेकि लक्ष्मि गौतमले कांग्रेस उम्मेदवार विमला शिवाकोटी भन्दा २८२ मतले अगाडि छिन । गौतमको ६८१८ मत आएको छ भने शिवाकोटिको ६५३६ मत आएको छ ।
‘जिल्लाकै खास किल्लामा खस्कियो एमाले’सुनसरीमा एमालेको सबैभन्दा ठुलो पकड भएको क्षेत्र इटहरीलाइ चिनिएपनि यो पटकको स्थानिय चुनावमा एमाले कमजोर भएको देखिएको छ । दुवै संविधानसभामा जितेको र यस अगीका स्थानिय निकायहरुमा पनि एमालेके दबदबा देखिएका थियो । पहिाले संविधानसभामा एमालेले प्रत्यक्षमा ३३ सिट मात्रै जित्दा पनि इटहरीमा एमालेले राम्रो मतान्तरलेइटहरीमा जित निकालेको थियो ।
पहिलो संविधानसभामा ३५ सय मतान्तरले जितेको इटहरीमा एमालेले दोश्रो संविधानसभामा ७ हजार १ सय ३० मतान्तरले जितेको थियो । यहि ठाँउको स्थानिय चुनावमा भने एमाले यो पटक कमजोर देखिएको छ । अरुवेला जित्दै आएका वडाहरु १,३, र २० मा कांग्रेसको प्यानलै आएकोले धरैले एमालेको पकेट क्षेत्र गुमाएको तर्क गर्न थालेका छन ।