
बूढीगण्डकी जलविद्युत् आयोजनाले मुआब्जा निर्धारणमा धादिङ र गोरखा जिल्लाबीचको दररेट असमान बनाएको भन्दै नेपाली कांग्रेस धादिङको टोलीले गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीसहितको टोलीले सोमवार गृहमन्त्री खाणलाई ध्यानाकर्षण पत्र बुझाउँदै एकरूपता कायम गरिदिन आग्रह गरेको हो ।
गृहमन्त्री खाणले यथार्थता बुझी एकरूपता कायम हुने गरी मुआब्जा दिने वातावरण निर्माणका लागि पहल गर्ने बताएका छन् ।