२३ जेठ २०८३, शनिबार

एमसीसी अनुमोदन गराउने लबिङमा रामचन्द्र पौडेल, उपेन्द्रपछि प्रचण्ड र माधव नेपाललाई भेट्दै

एमसीसी अनुमोदन गराउने लबिङमा रामचन्द्र पौडेल, उपेन्द्रपछि प्रचण्ड र माधव नेपाललाई भेट्दै

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संसदमा दर्ता भएको एमसीसी अनुमोदन गराउन लबिङ थालेका छन् । 

पौडेले सोमवार सिंहदरबारमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेर एमसीसी अनुमोदन गर्न र गठबन्धन जोगाउन पहल गर्न आग्रह गरेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

उपेन्द्र यादवले एमसीसीको बारेमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् । पौडेल र यादवबीच एमसीसी अनुमोदनबारे के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । 

कांग्रेस नेता पौडेलले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि पालैपालो भेट्न लागेको अधिकारीले बताए ।

तर, प्रचण्ड र नेपाललाई कतिबेला भेट्ने भन्ने समय यकिन नभइसकेको अधिकारीले जानकारी दिए । 

माओवादी र नेकपा एसले भने संसदमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेका छन् । पौडेलले उनीहरूलाई भेटेर निर्णय पुनर्विचार गर्न अनुरोध गर्न लागेको अधिकारीले बताए । 

‘एमसीसी अनुमोदन गरौं, गठबन्धन पनि जोगाऔं भन्ने स्पष्ट धारणा पौडेलको छ । सोही विषयमा नेताहरूसँग कुरा गर्न भेट हुन लागेको हो,’ स्वकीय सचिव अधिकारीले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्