
एकैसाथ ८५ महिलासँग चक्कर चलाउन खोज्ने प्रेमीबारे उनकी प्रेमिकाले टिकटकमा पोल खोलेकी छन् ।
अमेरिका निवासी प्रेमिका टोरीले सामाजिक सञ्जाल ट्विटरमा भिडियो शेयर गर्दै आफ्ना प्रेमीको पोल खोलेकी हुन् ।
सञ्चारमाध्यम द सनमा प्रकाशित रिपोर्टअनुसार प्रेमीको मोबाइलमा डेटिङ एप देखेपछि टोरीले खोजतलास शुरू गरेकी हुन् । एपमा प्रेमीले ८५ महिलालाई एउटै खालको उत्ताउलो सन्देश पठाएर चक्कर चलाउन खोजेको पाइएको छ ।
तर ती प्रेमीले सन्देश पठाएको भए पनि कुनै महिलाले पनि रिप्लाइ नदिएको टोरीले पाइन् तर आफ्ना प्रेमीको नियत ठीक नभएको भन्दै उनी प्रेमीबाट टाढा भएकी छन् ।