०२ असार २०८३, मंगलबार

युक्रेनी सेनाले दोनेत्स्कमा भारी गोलीबारी गरिरहेको दाबी

फागुन ९, २०७८
युक्रेनी सेनाले दोनेत्स्कमा भारी गोलीबारी गरिरहेको दाबी

युक्रेनका सुरक्षाबलहरूले दोनेत्स्क प्रान्तमा आर्टिलरी, मोर्टार, ग्रिनेड लोन्चर र ट्यांकका साथ भारी गोलीबारी गरिरहेको उक्त क्षेत्रका प्रमुख डेनिस पुशिलिनले बताएका छन् । 

यसैबीच युक्रेनबाट प्रहार भएको प्रोजेक्टाइलले रुसको सीमामा रहेको चेकपोइन्ट ध्वस्त पारेको छ । 

‘हालैका दिनमा युक्रेनका सशस्त्र बलहरूले आवासीय क्षेत्रमा १७ सयभन्दा बढी मोर्टार र शेलहरू प्रहार गरेका छन् । विभिन्न हतियारहरू उनीहरूले प्रहार गर्दा मानिसहरू मरिरहेका छन्,’ उनले बयान जारी गरेर बताए । 

पुशिलिनका अनुसार, युक्रेनी सेनाले जाइत्सेभो, गोर्लोभ्का, दोनेत्स्क, यासिनोभाताया लगायतका शहरमा आक्रमण गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्