२० असार २०८३, शनिबार

२४ घण्टामा थपिए ३८८ संक्रमित, ४ जनाको मृत्यु

२४ घण्टामा थपिए ३८८ संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८१५ नमूना परीक्षणमध्ये २४७ पीसीआर र १४१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट चार जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९२५ छ । 

मन्त्रालयका अनुसार थप १२०५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ 

लाख ५२ हजार ५९९ पुगेको छ । 

हाल मुलुकभर ११ हजार २८२ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्