
आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ८१ रनको झिनो विजयी लक्ष्य पाएको छ ।
ओमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा नेपाली बलरसामु टिक्न सकेन ।
कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न नसक्दा सिंगो टीम ८० रनमा अलआउट भएको हो ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, अविनाश बोहरा र कमलसिंह ऐरीले २-२ तथा कुशल मल्लले एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
यो खेल जितेमा नेपाल समूह विजेताका रूपमा सेमी फाइनलमा पुग्नेछ ।
सेमी फाइनलमा यूएईसँग प्रतिस्पर्धा हुनेछ ।
फाइनलमा पुग्ने टोली अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपका लागि छानिने छ ।