विहेमा बेहुला बेहुलीले मात्र होइन सहभागीहुनका लागि मानिसहरुले हजारौं रुपैया खर्च गरेर कपडा खरिद गर्छन् ।
विभिन्न डिजाइनका कपडा लगाएर सजिएर विवाहमा जाने पुरानो चलन हो ।

अझ धनी मानिसहरुको विवाहमा त बेहुला बेहुलीको कपडाका लागि मात्रै करोडौं रुपैयाँ खर्च हुने गरेका छन् । त्यति मात्र होइन कुनै विवाहमा बेहुलीको कपडा यस्ता डिजाइनका हुन्छन् कि उनीहरु हिड्दा पछाडि कपडा समाउने तीन चार जना मानिस खटिएका हुन्छन् । तर, केही समय अघि एउटा यस्तो अनौंठो विवाह भएको छ जहाँ बेहुला बेहुलीलाई लुगा कपडाको कुनै पिर परेन ।
बेहुला बेहुलीलाई मात्र होइन जन्तीलाई पनि कपडा कस्तो लगाउने भन्ने परि परेन , किनकी उनीहरुले विवाह समारोहमा कुनै कपडा लगाएका थिएनन् ।

हो, तपाईलाई अनौठो लाग्ला यो विवाहमा बेहुला बेहुली मात्र होइन विवाहमा आएका पाहुना पनि निर्वस्त्र थिए ।
यस्तो अनौठो विवाह न्युजिल्याण्डमा भएको हो ।
विवाह समारोहमा बेहुला बेहुलीले आ आफ्ना अभिभावकहरुलाई पनि बोलाएका थिए । तर सबै नांगै हुने भन्ने सुनेर लाजमर्नु भएपछि बेहुला बेहुलीका बुवाआमा तथा परिवारजन बिहेमा गएनन् ।
बिहेमा तयार गरिएको केकमा बनाइएको तस्वीर पनि न्यूड नै थियो । परिवारजनको साटो बेहुला बेहुलीका साथीहरु बिहेमा सहभागी भए । बिहान देखि बेलुकीसम्म चलेको बिहेमा सहभागी सबै नांगै रमाए ।