
निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १ सय ९ पुगेको छ ।
कानुन बमोजिम आयोगमा दर्ता हुने दलको संख्या १ सय ९ पुगेको आयोगले जनाएको छ ।
पछिल्लोपटक नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुनबमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता गरिएको आयोगले भनेको छ । राजधानी दैनिकमा खबर छ ।