०६ असार २०८३, शनिबार

फिदिम नगरपालिकामा काँग्रेस विजयी

कात्तिक २०, २०७४
फिदिम नगरपालिकामा काँग्रेस विजयी

पाँचथर, १९ असार - फिदिम नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी भएको छ । प्रमुखमा ओनाहाङ नेम्वाङ छ हजार ९०६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले पाँच हजार ४९९ मत प्राप्त गर्नुभयो ।

 

उपप्रमुखमा काँग्रेसकी उर्मिला प्रधान श्रेष्ठ छ हजार ५१८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मुना नेम्वाङले पाँच हजार ८५० मत प्राप्त गर्नुभयो ।

उक्त नगरपालिकाको  १४ वटा वडा मध्ये काँग्रेस ९ वटा वडाध्यक्षमा, एमाले तीन वटामा र माओवादी केन्द्र दुईवटा वडाध्यक्षमा विजयी भएको छ । काँग्रस वडा नं १, २, ३, ४, ६, ७, ९, १० र ११, एमाले ५, ८ र १४ वडामा तथा माओवादी केन्द्र १२ र १३ नं वडामा विजयी भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्