
काठमाडौंको चन्द्रागिरिमा एक बालकको शव फेला परेको छ ।
चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा १४ वर्षीय अनिस रावतको शव फेला परेको महानरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुवँरले जानकारी दिए ।
सोमवार अपरान्ह ४ बजे घरबाट निस्केका अनिसको आज बिहान शव फेला परेको हो । अनिस स्थानीय सगरमाथा बोर्डिङ् स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए ।
‘लागूऔषध सेवन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ, शव फेला परेका कारणले कसैले हत्या गरेको हो कि भन्ने शंकामा हामीले अनुसन्धान गरिरहेका छौं,’ एसएसपी कुवँरले लोकान्तरसँग भने, ‘अहिले फरेन्सिकको टोलीसहित अनुसन्धान गरिरहेका छौं ।’