
सुनसरीमा पानी जमेको खाल्डोमा खसेर एक वर्षीया बालिकाको मृत्यु भएको छ ।
हरिनगरा गाउँपालिका-३ राम टोल बस्ने २० वर्षीया निलमकुमारी रामकी छोरी सुस्मिताको घरको आँगनमा रहेको ट्युबेलको पानी जमेको खाल्डोमा खसेर सोमवार मृत्यु भएको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।