२४ जेठ २०८३, आइतबार

हाइग्राउड पोखरामा जीपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निशुल्क

फागुन १०, २०७८
हाइग्राउड पोखरामा जीपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निशुल्क

सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै पहिलो र लामो जीपलाइनको सञ्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जीपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क पाउने भएका छन् ।

जीपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जीपलाइन गरि हेम्जा झर्न सकिन्छ ।

लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरि २.१६ किलोमीटर पार गर्न नै मिनेट लाग्छ । 

केवलकारको टप स्टेसनबाट पाँच मिनेट हिंडेपछी सराङ्कोटको भ्यु टावर पुगिन्छ । समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य सँगै प्याराग्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ ।

जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड 'जिप फ्लायर'को फ्रेन्चाइज रहेको हाइग्राउण्डले पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जीपलाइनमा सुपरम्यम जीपलाइनको समेत  सुरुवात गरेको छ । 

जीपलाइनको टप स्टेसन सारङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जीपलाइन विश्वमै अरु नभएकोले अफिसियल वल्ड रेकर्डमा 'बिश्वकै भिरालो जीपलाइन'का रुपमा दर्ता गर्न आवेदन दिइएको र सो को लागि काम भैरहेको कम्पनीले बताएको छ ।

बिश्वकै लामो मध्येको उक्त जीपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जीपलाइनमा पार गर्न  औसत १ सय चालीस किमि प्रति घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।

salt training

कमेन्ट गर्नुहोस्