२५ असार २०८३, बिहीबार

भारतीय मिडियाको विश्लेषण : नेपालमा आगामी चुनाव सरकारका लागि टाउको दुखाइ हुनसक्छ

फागुन १०, २०७८
भारतीय मिडियाको विश्लेषण : नेपालमा आगामी चुनाव सरकारका लागि टाउको दुखाइ हुनसक्छ
फाइल फोटो

नेपालमा स्थानीय तह चुनावको मिति वैशाख ३० गतेका लागि घोषणा भएर सरगर्मी शुरू भइसकेका बेला भारतीय मिडियाले सरकारका लागि टाउको दुखाइ हुनसक्ने समाचार लेखेका छन् ।

भारतीय मिडिया अमर उजालाले अस्वाभाविक मूल्यवृद्धिका कारण चुनावमा सरकारी पक्षलाई अप्ठ्यारो पर्नसक्ने विश्लेषण गरेको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिले जनस्तरमा सरकारको आलोचना बढेको समाचारमा उल्लेख छ । मूल्य धेरै बढेर जनता आक्रोशित रहेकाले चुनावमा सत्तारुढ दललाई घाटा हुने जनाइएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुद्रास्फीति ७ प्रतिशतसम्म बढेको तथ्य प्रस्तुत गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्