२३ जेठ २०८३, शनिबार

यूएईविरुद्ध नेपाललाई पहिलो सफलता, जितेन्द्रले लिए विकेट

फागुन १०, २०७८
यूएईविरुद्ध नेपाललाई पहिलो सफलता, जितेन्द्रले लिए विकेट

टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटअन्तर्गत सेमीफाइनलमा नेपालले यूएईविरुद्ध पहिलो सफलता हात पारेको छ ।

खेलको दोस्रो ओभरमा जितेन्द्र मुखियाले चिराग सुरीलाई पेबेलियनको बाटो देखाएका हुन् ।

यो समाचार तयार पार्दासम्म २ ओभरको खेल सकिँदा यूएईले १ विकेट गुमाएर ६ रन जोडेको छ ।

नेपाल समूह विजेताका रूपमा सेमीफाइनलमा पुगेको हो भने यूएई अर्को समूहको उपविजेता हो ।

आजको खेल जित्ने टोली अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्