
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी अनधिकृत पार्किङ गर्नेविरुद्ध कारबाही गर्न निर्देशन दिएका छन् ।
काठमाडौंको बौद्ध जोरपाटीमा अनुगमन गरेका एसएसपी जोशीले अनधिकृत पार्किङ गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्न निर्देशन दिएका हुन् ।
साथै उनले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, बासिन्दा तथा चालकहरूसँग गुनासो तथा समस्याबारे जानकारीसमेत लिएका थिए ।