
क्यान इन्फोटेकको २७ औं संस्करण आगामी वैशाख ७ गते बुधवारदेखि १२ गते सोमवारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
क्यानका महासचिव नारायण थापाले एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख ७देखि १२ गतेसम्म क्यान इन्फोटेक हुने जानकारी दिएका छन् ।
यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ साल बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म दोश्रो पटक हुने गरी तयारी गरेपनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।
२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्यू आर) रहेका छन । यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्यू आरको प्लाटिनम प्रायोजन - वल्र्डलिंक कम्युनिकेशन्स; गोल्ड प्रायोजन - नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनिज; सिल्भर प्रायोजन - नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने छन् ।
सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स - आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्यू आरको इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल - एकाडेमिक पार्टनर, दराज केमु - इकमर्श पार्टनर, रेबान - फुड एण्ड वेभरेज पार्टनर, मण्डला सिस्टम - भर्चुवल एक्जिविसन पार्टनर तथा अल्ट्रा एलईडी - डीजिटल डीस्प्ले पार्टनर रहेका छन् ।
इन्फोटेक भब्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट सरकार - सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन्स, नेपाल मोबाइल वितरक संघ तथा अन्तरराष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने क्यानले जनाएको छ ।