२६ असार २०८३, शुक्रबार

रुसले दोनेत्स्क र लुगान्स्कसँग गरेको सन्धिलाई रुसी संसद्ले दियो मान्यता

फागुन १०, २०७८
रुसले दोनेत्स्क र लुगान्स्कसँग गरेको सन्धिलाई रुसी संसद्ले दियो मान्यता

रुसले युक्रेनका दुई प्रान्तहरू दोनेत्स्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिँदै उनीहरूसँग गरेको सन्धिलाई रुसी संसद् डुमाले मंगलवार अनुमोदन गरेको छ । 

सोमवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ती नयाँ ‘राष्ट्र’ का प्रमुखहरूसँग विभिन्न सन्धि सम्झौता पनि गरेका छन् । 

उनीहरूसँगको सैन्य सन्धिले रुसलाई आफ्नो सैन्य अड्डा त्यहाँ राख्ने अवसर दिएको छ । त्यस्तै ती राज्यहरूले रुसमा पनि सैन्य अड्डा राख्न पाउनेछन् । 

दुवै पक्षले एकअर्कालाई प्रतिरक्षा गर्ने प्रतिज्ञा पनि गरेका छन् । उनीहरूले सैन्य सहकार्य गर्ने र एकअर्काको सीमालाई पहिचान गर्ने सहमति पनि गरेका छन् । 

सीमाको विषय महत्त्वपूर्ण छ किनकि पृथक्तावादीहरूले युक्रेनको नियन्त्रणमा रहेको केही भागमा पनि दाबी गरेका छन् । रुसको सहायता लिएर ती क्षेत्रहरूमा नियन्त्रण कायम गर्ने भनी रुसी सांसद तथा दोनेत्स्कका पूर्व राजनीतिकर्मीले गत जनवरीमा बताएका थिए । 

१० वर्षसम्मका लागि गरिएको सन्धि स्वतः पाँच वर्षका लागि नवीकरण गरिनेछन् । ३१ बुँदे सन्धिमा रुस र नयाँ राष्ट्रहरूले आआफ्नो अर्थतन्त्रलाई एकीकृत गर्नका लागि काम समेत गर्ने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्