२७ जेठ २०८३, बुधबार

प्रदर्शनकारी-प्रहरीबीचको झडपमा तोडफोड भएको पसलको सरकारले गर्‍यो अनुगमन

फागुन १०, २०७८
प्रदर्शनकारी-प्रहरीबीचको झडपमा तोडफोड भएको पसलको सरकारले गर्‍यो अनुगमन

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलका विषयमा सरकारले चासो देखाएको छ ।

आइतवार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो । 

प्रदर्शनकारीहरूले पाँच जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो । 

मंगलवार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी व्यवसायी श्रेष्ठको पसलमा पुगेका हुन् । 

अनुगमनमा उनीहरूले पसलमा भएको क्षतिको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने समेत आश्वासन दिएका छन् । 

यसअघि मंगलवार काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोली पनि श्रेष्ठको पसलमा पुगेर क्षति विवरण लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्