०२ साउन २०८३, शनिबार

रुसले दोनेत्स्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि जर्मनीले नर्ड स्ट्रीम २ रोक्ने

फागुन १०, २०७८
रुसले दोनेत्स्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि जर्मनीले नर्ड स्ट्रीम २ रोक्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई प्रान्त दोनेत्स्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि जर्मनीले रुससँगको नर्ड स्ट्रीम २ पाइपलाइन सम्झौतालाई रोक्ने घोषणा गरेको छ । पाइपलाइनलाई प्रमाणीकरण गर्ने प्रक्रिया उनले रोकेका हुन् ।

चान्सलर ओलाफ शोल्जले पुटिनबाट अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन भएको भन्दै पाइपलाइन सम्झौता रोकेका हुन् । 

मस्कोसँगको कूटनीतिक वार्ता कायम राख्नका लागि शोल्जले पाइपलाइनको कुरा उठाएका थिएनन् । तर अहिले परिस्थिति आधारभूत रूपमा परिवर्तन भएको भन्दै उनले यो निर्णय लिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्