
टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोट अन्तर्गत सेमी फाइलनमा यूएईविरूद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालका ६ व्याट्सम्यान आउट भएका छन् ।
नेपालकोतर्फबाट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २०, आरिफ शेख ११, कुशल भुर्तेल ७ तथा आसिफ शेख र लोकेश बम शून्य रनमा आउट भएका छन् ।
यसअघि यूएईका लागि १७५ रनको सम्मानजनक योगफल तयार पार्नेक्रममा मोहमद वासीमले ७० र व्रित्या अरविन्दले ४६ रनको आक्रामक पारी खेले ।
नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३÷३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
नेपाल समूह विजेताका रूपमा सेमीफाइनलमा पुगेको हो भने यूएई अर्को समूहको उपविजेता हो ।
आजको खेल जित्ने टोली अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।