०७ असार २०८३, आइतबार

कतार एयरलाइन्सद्धारा फ्रान्सको नाइसमा साताको ५ उडान सुभारम्भ

कात्तिक २०, २०७४
कतार एयरलाइन्सद्धारा फ्रान्सको नाइसमा साताको ५ उडान सुभारम्भ

काठमाडौं, १९ असार –कतारको राष्ट्रिय ध्वाजाबाहक उड्डयन कम्पनी कतार एयरलाईन्सले मंगलवार (जुलाई ४ तारिक)देखि फ्रान्सको महत्वपूर्ण शहर नाइसमा नयाँ उडान भर्ने भएको छ । कतारले आफ्नो बोइङ बी ७८७ बाट नाइसमा नयाँ उडान भर्न लागेको हो । हाल उक्त एयरलाइन्सले दैनिक ३ पटक पेरिसमा उडान भर्दै आएकोमा नाइसमा साताको ५ वटा उडान नाइसमा गर्न लागेको हो ।

नाईस चार सयभन्दा बढी उत्कृष्ठ बहुराष्ट्रिय कम्पनी भएको शहर हो । एयरलाईन्सको सेवाले त्यहाँका व्यापार व्यवसाय र घुम्न जाने यात्रुहरुलाई सहजता प्रदान गर्ने एयरलाईन्सले जनाएको छ । नाईस त्यहाँको सामुन्द्रिक ‘बीच’ र सौन्दर्यका कारण प्रख्यात छ ।

‘नाईसमा हाम्रो सेवा यसै सातादेखि सुरु हुनेछ । नाईसका बासिन्दाहरुले यस एयरलाइन्सको सेवा पाउनेछन्,’ एयरलाइन्सले भनेको छ ।


कतार राजदूत युसुफ विन मोहम्मद अल हेल, फ्रेन्च राजदूत युभ्स कारमोना र फ्रान्सका लागि कतार एयरवेजका कन्ट्री मेनेजर जयप्रकाश नैरले संयुक्त रुपमा उक्त सेवा शुरु गरे ।

राजदूत कारमोनाले नाईसमा कतार एयरलाईन्सको स्वागत गर्र्न आतुर रहेको बताए । एयरवेजका कन्ट्री मेनेजर नैरले नाईस एयरलाईन्सको राम्रो गन्तव्य भएको र यो कदम फ्रान्सको पर्यटन प्रवद्र्धनका लागि उत्तम अवसर भएको उल्लेख गरे ।

नाईसको नयाँ रुटले यात्रुहरुलाई मध्य पूर्व, एसिया, अष्ट्रेलियासहित सिड्नी, हङकङ, मेलवर्न लगायतका आकर्षक गन्तव्यमा पुग्नका लागि पनि यात्रुलाई सहजता प्रदान गर्ने जनाइएको छ ।

नाईससँगै सन् २०१७ र २०१८ मा अविद्जान, आईभोरी कोष्ट, आक्रा, घाना, क्यानवेरा, अष्ट्रेलिया, चियाङ माई, थाईल्याण्ड, चित्तागोङ, बंगलादेश, ममबासा, केन्या, उतापाओ, थाईल्याण्ड लगायतका आकर्षक गन्तव्यमा पनि नयाँ उडान भर्ने एयरलाईन्सले जनाएको छ ।

एयरलाइन्सले हाल १ सय ५० भन्दा बढी गन्तव्यमा उडान भर्छ ।

salt training

कमेन्ट गर्नुहोस्