१६ असार २०८३, मंगलबार

नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोडसहित चोरी

फागुन १०, २०७८
नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोडसहित चोरी

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ । 

मंगलबार दिउँसो स्काउटको कार्यालयमा एक अपरिचित समूह प्रवेश गरी स्काउटका कर्मचारीलाई हातापात गरि तोडफोड गरेको हो । साथै तोडफोड पछि त्यो समूहले चोरी समेत गरेको नेपाल स्काउटले बताएको छ । मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन गरि तोडफोड पछि त्यो समूहले चोरी गरेको जानकारी दिएको छ ।  स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यवसायीक भवनहरु खड्का ल्याण्ड डेभलपमेण्टले भाडामा लिएर अवैध संरचना बनाएको र त्यसलाई रोक्न खोज्दा खड्का ल्याण्ड डेभलपमेण्टका मान्छेहरुले नै स्काउट कर्मचारी तथा कार्यालयमा नै तोडफोड गरेको आरोप नेपाल स्काउटले लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली.ले भाडा बापत ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ भाडा नतिरेकाले तीर्न ताकेता गर्दा एक समूहले कार्यालयमा तोडफोड गरेको बताए । उनले खड्काल्याण्ड डेभलपमेण्टले भाडा पनि नतिर्ने तर स्काउटको सम्पत्तिमा अवैध संरचना बनाएकाले त्यसलाई रोक्न खोज्दा पूर्वराज्यमन्त्री समेत रहेका दिपक खड्काको नेतृत्वमा आएको एक समूहले कार्यालयमा तोडफोड गरेको बताए । भण्डारीले अवैधानिक रुपमा बनाईएका संरचनाहरु हटाउन आग्रह गर्दा प्रालिका संचालक खड्काकै नेतृत्वमा राज्यको सार्वजनिक सम्पत्ति माथि तोडफोड भएको बताए । उनले पछिल्लो समय नेपाल स्काउटले बालबालिका र युवाको नेतृत्व विकास तथा सम्पत्तिको संरक्षण गर्न नयाँ ढङगबाट अगाडि बढ्दा यस्तो अवस्था आएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्