१५ असार २०८३, सोमबार

देउवा–ओलीबीच भएकै हो ‘जेन्टल एग्रिमेन्ट’ ?

फागुन ११, २०७८
देउवा–ओलीबीच भएकै हो ‘जेन्टल एग्रिमेन्ट’ ?

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक तथा वान टु वान भेटवार्ता भएको थियो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पु-याउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्