०९ असार २०८३, मंगलबार

एमसीसीको विवादित मुद्दा संसदबाटै परिमार्जन हुन्छ : गगन थापा

फागुन ११, २०७८
एमसीसीको विवादित मुद्दा संसदबाटै परिमार्जन हुन्छ : गगन थापा

नेपाली  काँग्रेसका महामन्त्री   गगनकुमार   थापाले   संसद्मा पेस  भएको  अमेरिकी  सहयोग  परियोजना एमसीसी  सम्झौताका  केही  विवादित  धारा परिर्माजन  गर्ने  बाटो  सार्वभौम  संसद्  भएको बताएका  छन् ।  

सत्ता  गठबन्धन  नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी)ले सम्झौताविरुद्धमा  सडक  तताइरहेका  बेला सरकारको  प्रमुख  घटक  काँग्रेस  महामन्त्रीले सार्वभौम संसद्बाटै विवादित विषय परिमार्जन गर्न सकिने दाबी गरे ।

“हामीले उठाइरहेको विषय परिमार्जनको  बाटो  छ ।  परिमार्जनको  बाटो यही   संसद्बाट   व्याख्यात्मक   घोषणाको व्यवस्था   हो,”   भरतपुर   विमानस्थलमा मङ्गलबार  पत्रकारहरूसँग  कुराकानी  गर्दै महामन्त्री  थापाले  भने,  “हामी  हाम्रो संसद्बाट सम्झौतासँगै व्याख्यात्मक घोषणा गर्न  चाहन्छौँ ।  जुन  जुन  विषयमा  अहिले सडकबाट  संशय  गरिएको  छ,  ती  कुरा बुँदागत  रूपमा  राखेर  गरिने  त्यो  घोषणा सम्झैताको अङ्ग हुनेछ । ”

उनले बिहीबारबाट संसद्मा सुरु हुने एमसीसी  प्रस्तावको  छलफलमा  भाग  लिन र  यसलाई  पारित  गर्न  सबै  राजनीतिक दलहरूलाई  आग्रह  गरे ।  

“भविष्यमा पनि   संसद्बाट   पारित   भएका   सन्धि  (सम्झौता)  उपर  एक  इन्च  तल–माथि  भए त्यो  सन्धि/सम्झौता  खारेज  हुने  व्यवस्था छ । लेखेका कुराभन्दा तलमाथि हुन्छ भन्ने डरले  अहिले  नै  सन्धि  सम्झौता  गर्न  हुँदैन भनेर भाग्न मिल्दैन । सम्झौताका बुँदाहरूमा केही तल–माथि भए तीस दिनमा खारेज गर्न सकिने  कानुनी  व्यवस्था  यही  सम्झौताले गरेको छ,” उनको भनाइ थियो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्