११ असार २०८३, बिहीबार

स्थानीय चुनावमा १ लाख १० हजार कर्मचारी खटिने, २० लाखको दुर्घटना बीमा

फागुन ११, २०७८
स्थानीय चुनावमा १ लाख १० हजार कर्मचारी खटिने, २० लाखको दुर्घटना बीमा

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने १ लाख १० हजार ७१३ जना कर्मचारीको सामूहिक दुर्घटना बीमा गर्नका लागि बीमा प्रदायक संघसंस्थाबाट प्रस्ताव माग गरिएको छ ।

कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्नुपर्ने भएकाले निर्वाचन आयोगले बीमा प्रदायक संस्थाहरूबाट प्रस्ताव माग गरेको हो ।

आयोगका पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरू, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरू (काज, स्थायी, करार समेत) ९०० जनाको १०४ दिनसम्मका लागि बीमा गर्न प्रस्ताव माग गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने ६ हजार ७७७ जना कर्मचारीको ७० दिनका लागि बीमा गरिने भएको छ । मतदान केन्द्रमा खटिने ९ हजार ४०० जना कर्मचारीको १५ दिनका लागि, मतगणना कार्यमा खटिने ९ हजार ३६ जना कर्मचारीको १० दिनका लागि बीमा गर्न प्रस्ताव माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्