
दाङ, १९ असार - दाङको घोराही उपमहानगरपालिका प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी २२ हजार ३० मत ल्याएर विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनमा उपमहानगरपालिकामा एमालेको यो पहिलो जित हो ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपबहादुर भण्डारीले १७ हजार ४८४ मत प्राप्त गरे ।
त्यसैगरी, उपप्रमुखमा एमालेकै सीता न्यौपानेले २० हजार ७९२ मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
दोस्रो चरणकोमा ७ उपमहानगरपालिकामा निर्वाचन सम्पन्न भएको थियो भने बाँकी ५ उपमहानगरमा मतगणना जारी छ ।