
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताए ।
राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उनले बताए । उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाहिँ सत्य नभएको स्पष्ट पारे ।
उनले भने, ‘खतरा त बढेकै छ नि ! यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि ! तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन ।’
अध्यक्ष प्रचण्डले बुधवार बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भएपनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पारेका छन् ।