१८ असार २०८३, बिहीबार

नेप्से १५ प्रतिशतले घट्दासमेत हाइड्रोपावरका लगानीकर्ताले कमाए, दिव्यश्वरी र युनाइटेड आइडीआईमा सर्किट

फागुन ११, २०७८
नेप्से १५ प्रतिशतले घट्दासमेत हाइड्रोपावरका लगानीकर्ताले कमाए, दिव्यश्वरी र युनाइटेड आइडीआईमा सर्किट

शेयर बजार मापक नेप्से परिसूचक बुधबार १५.५० अंकले घटेको छ  । शेयर बजार ०.५७ प्रतिशतले घट्दा २७२०.४३ विन्दूमा ओर्लिएको छ । बजार घटेको भएपनि कारोबार भने ३ अर्ब १३ करोड रुपैयाँको भएको छ । 

आज २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयरको ४८ हजार ९११ पटक कारोबार भएको छ । 

बजार घटेको भएपनि हाइड्रोपावरका लगानीकर्ताले भने कमाएका छन । हाइड्रोपावर क्षेत्र आज कमाउने शेयरको उपसमूहको सूचीमा परेको छ । अन्य समूहका सूचकमा नकारात्मक असर पर्दासमेत म्युचअल फण्ड उपसमूहको पनि सूचक बढेको छ ।  बाँकी सबै उपसमूह राताम्मे भएका छन ।

आज दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुबै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

घलेम्दी हाइड्रोका लगानीकर्ताले पनि ९.२२ प्रतिशतले कमाएका छन । तेह्रथुम पावर, रुरु जलविद्युत् परियोजनासहितका कम्पनीको शेयर मूल्य आज ७.४८ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज प्रभु बैंकको ऋणपत्र, नेपाल फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, लक्ष्मी इक्वुटी फण्डसहितका लगानीकर्ताले भने ३.२७ प्रतिशत भन्दा बढीले गुमाएका छन । 

आज बजारमा नेपाल टेलिकमको शेयरको सबैभन्दी बढी १९ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कित्ता शेयर किनबेच हुनेमा भने आज घलेम्दी हाइ«डोपावरको ३ लाख ४६ हजार कित्ता छ ।
 

salt training

कमेन्ट गर्नुहोस्