१२ असार २०८३, शुक्रबार

रूसको सुरक्षामा सम्झौता हुन सक्दैन- पुटिन

फागुन ११, २०७८
रूसको सुरक्षामा सम्झौता हुन सक्दैन- पुटिन

राष्ट्रपति भ्लादिमिर पूटिनले रूसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । यूक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै यूक्रेनसहित उसका पश्चिमा सहयागी मुलुकहरूले बेला पूटिनले भिडिओ सम्बोधनमार्फत् देशको सुरक्षा र स्वार्थ विपरीत सम्झौता गर्न नसकिने बताएका हुन् । 

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रूसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घण्टामा पूटिनको पछिल्लो प्रतिक्रिया आएको हो । 

पूटिनले रुस सधैँ ‘सिधा र खुलस्त संवादका लागि तयार रहेको’ बताएका छन् । सेनामा पूर्ण विश्वास रहेको कुरासमेत आफ्नो सम्बोधनमा उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्