२८ असार २०८३, आइतबार

अनाधिकृत पार्किङ गर्नेलाई ट्राफिक प्रहरीको कारवाही

फागुन ११, २०७८
अनाधिकृत पार्किङ गर्नेलाई ट्राफिक प्रहरीको कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई कारवाही गर्ने विशेष अपरेसनलाई बुधवार पनि निरन्तरता दिएको छ ।

बुधवार ललितपुरको पाटन क्षेत्रमा जथाभावी सडक तथा फूटपाथमा पार्किङ गरेका सवारीसाधनहरूलाई हटाउन स्वीप अपरेसन चलाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले भने, ‘सडक तथा फूटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारीसाधनलाई कारवाहीको दायरामा ल्याउन अभियान सञ्चालन गरेका हौं । यसले आम सडक प्रयोगकर्ताहरूलाई सडक तथा फूटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिएका छौं ।’

उनले ‘नो पार्किङ’ जोन र अन्य सवारी आवागमनलाई असर गर्ने गरी पार्किङ गरेका सवारीसाधनलाई हटाउने अभियानलाई थप प्रभावकारी बनाइने समेत बताए । अनाधिकृत पार्किङ हटाउने अभियानलाई निरन्तरता दिँदै बुधवार ललितपुरको पाटन एरियामा ३७ सवारीसाधनलाई कारवाही गरेको छ ।

ट्राफिक प्रहरीले अनाधिकृत स्थानमा पार्किङ गर्ने त्यस्ता सवारीचालकलाई कारवाही गर्नुका साथै जथाभावी आवागमनमा असर गर्ने गरी पार्किङ नगर्न समेत सचेत गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्