०३ साउन २०८३, आइतबार

दबाबमा प्रचण्ड–नेपाल

फागुन १२, २०७८
दबाबमा प्रचण्ड–नेपाल

अमेरिकी  अनुदान  सहायता  मिलेनियम  च्यालेन्ज  कर्पोरेसन  (एमसीसी)  सम्झौता  पारित  गर्नुपर्ने  दबाब  शीर्ष  नेताहरूमाथि बढेको छ ।

सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो ।

सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित  गर्नुपर्छ  भन्ने  पक्षमा  छ  ।

त्यस्तै  सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।

अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा २०६८ मा एमसीसी सम्झौताका अध्याय प्रारम्भ भयो तर अनुमोदनको चरणमा आइपुग्दा प्रचण्ड र डा. भट्टराई अलग–अलग पार्टीको नेतृत्व गरिरहेका छन् ।

त्यसै कारण दुवै नेतालाई आँफैले अघि बढाएको एमसीसी परियोजना अनुमोदनका लागि नैतिक दबाब छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि गर्नुभएको आग्रह नकार्ने अवस्थामा उनीहरू छैनन् किनभने यो विषय सत्ता गठबन्धनसँग पनि गाँसिएको डा. भट्टराई बताउँछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी  अनुमोदन  गर्नुपर्नेमा  जोड  दिँदै  यसमा 'राष्ट्रघाती’ विषय नरहेको यसअघि नै बताइसकेका छन् तर एमालेले संसद् अवरोध जारी राखेको छ ।

एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा एमालेको भूमिका के हुन्छ भन्ने विषयमा ओली बोलेका छैनन् । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईले एमसीसी ढिला नगरी अनुमोदन गर्नुपर्ने बताए। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्