×

सरसर्ती २४ घण्टा

पल शाहलाई खोज्दै प्रहरी, अपराध पुष्टि भए १२ वर्षसम्म जेल

फागुन १२, २०७८

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग खेपेका अभिनेता पल शाह प्रहरीको खोजीको सूचीमा छन् । उनलाई खोज्न प्रहरी परिचालन भएको जनाइएको छ । १७ वर्षीया गायिकाले आफूलाई शाहले पटक पटक बलात्कार गरेको दाबी सहित जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता गराएकी थिइन् । त्यससँगै प्रहरीले अनुसन्धान पनि तीब्र बनाएको छ । 

बलात्कार जस्तो जघन्य मुद्दामा जाहेरी परेसँगै शाहलाई अब पक्राउ पर्नबाट कसैले रोक्ने छैन । केही महिनाअघिदेखि नै शाह र ती गायिकाबीचको सम्बन्धको खबर बाहिरिएका थिए । बीचमा मिलापत्रका कुराहरु बाहिर आएपनि अन्ततः पीडित भनिएकी गायिका प्रहरीसम्म पुगेकी हुन् । 


Advertisment

पल शाहमाथिको अभियोग पुष्टि भए कानुनअनुसार १० देखि १२ वर्ष कैद सजाय हुने छ ।  मुलुकी अपराधसंहिताको करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ३ अनुसार उनलाई यो कैद सजाय हुने भएको हो । साथै शाहले पीडितको माग बमोजिम क्षतिपूर्ति पनि भर्नुपर्नेछ ।  ‘१६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने’ संहितामा भनिएको छ । शाहविरुद्ध उजुरी दिने गायिका हाल १७ वर्ष उमेरकी छिन् । 
००००० 
उत्तरी छिमेकी चीनले अमेरिकाकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे फेरि टिप्पणी गरेको छ ।  चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले एमसीसीसँगको सम्झौता हेर्दा राम्रो भएपनि यसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने टिप्पणी गरेकी हुन् । 


Advertisment

‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो ? मलाई आश्चर्य लागेको छ’, उनले टिप्पणी गरिन्,  ुयस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो छ, तर चपाउन मासुजस्तै गाह्रो छ ।’
सहयोग दिँदा आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने गरी दिनुपर्ने उनको भनाइ छ । अर्काको देशको सार्वभौमसत्ता र हितलाई हानी र्पुयाउने गरी कुनै पनि राजनीतिक अवस्था वा स्वार्थ जोड्न नहुने पनि उनको धारणा छ ।
००००
नेपाली कांग्रेसको हुन बाँकीमध्ये अधिकांश जिल्लाको अधिवेशन फेरि स्थगित हुने भएको छ । काँग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन फेरि स्थगित गरेको हो । काँग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा फागुन १५ गते अधिवेशन तय गरिएको थियो । 

तर, समितिले पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमका कारण १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन फागुन २० गतेभित्र सम्पन्न गर्नेगरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।
००००
न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।
बैठकले उच्च अदालतका न्यायाधीशहरूलाई काजमा खटाउन सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटन हेटौंडा इजलास, नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा काजमा खटाउने निर्णय गरिएको छ ।
००००
नेपाल राष्ट्र बैंकले घरजग्गा, गाडी र शेयर कर्जामा १५० प्रतिशतसम्मको जोखिम भार तोकेर एकीकृत निर्देशन जारी गरेको छ । 
राष्ट्र बैंकले उक्त क्षेत्रलाई अनुत्पादक मानेर बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रियलस्टेट, हायर पर्चेज, पर्सनल ओभरड्राफ्ट र मार्जिन प्रकृतिको ऋणमा प्रवाह हुने कर्जामा थप कडाइ गर्ने गरी जोखिम भार बढाएको हो ।
००००
सुरक्षा प्रबन्ध र विमानस्थलको समग्र व्यवस्थापन चुनौती दिँदै अत्यन्त संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यस्तो घटना भएको छ, जसले विमानस्थल सुरक्षाको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।

गत सोमबार राति ९ बजेर ४५ मिनेटको समयमा कतार उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडी विमानमा एक युवक विना टिकट, विना पासपोर्ट विमानको बिजनेस क्लासमा पुगे ।

क्याप्टेन विजय लामा नेतृत्वको चालक दलले विमान उडाउने तयारी गरिरहेकै अवस्थामा रौतहटका १८ वर्षीय अस्पम आलम विमानको बिजनेस क्लासमा सिटमै बसिसकेका थिए । उनलाई पछि पक्राउ गरिएको छ भने प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।  
००००
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् ।
बुधवार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताइन् ।
००००
पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार कूल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा ३१२ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधवार काठमाडौंमा ६७, ललितपुरमा १० र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
  
कोरोना निको भएर थप ९११ जना निको भएर डिस्चार्ज भएका छन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका जनाएका छन् ।
अमेरिकी सहयोगको एमसीसी विवादका कारण सत्तारुढ गठबन्धनमा दरार उत्पन्न भएका बेला प्रचण्डको फेसबूक पेजमा लेखिएको छ, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्भूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’
००००
अमेरिकी सहयोगको एमसीसी सम्झौताबारे छलफल हुने संसद बैठकको अघिल्लो दिन नेताहरूको दौडधूप बढेको छ ।
एमसीसीबारे छलफल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले बिहीवार दिउँसो १ बजेका लागि संसद बैठक बोलाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेका कारण बिहीवारको बैठकमा एमसीसीमाथि कसरी छलफल हुन्छ भन्ने संशय बाँकी नै छ । 

मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार नै गएका थिए ।

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x