२३ असार २०८३, मंगलबार

२७२ स्थानीय तहको नतिजा सार्वजनिक

कात्तिक २०, २०७४
२७२  स्थानीय तहको नतिजा सार्वजनिक
काठमाडौं, २० असार— मंगलबार बिहानसम्म  २७२  स्थानीय तहको नतिजा आएको छ । अब मात्र ६२  स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ । गत असार १४ गते प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन भएको थियो ।Major-party-Vote-Count
अहिलेसम्मको नतिजा अनुसार नेकपा एमाले शीर्ष स्थानमा रहेको छ । एमालेले घोराही उपमहानगरपालिका सहित ११९ स्थानीय तह जितिसकेको छ भने कांग्रेसले १०२ स्थानीय तह जितेको छ। यस्तै नेकपा माओवादी केन्द्रले ३४ स्थानीय तह जित्दा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले क्रमशः ६ र ५  स्थानीय तह जितेका छन् ।
यसैगरी राप्रपाले ३ , जनमोर्चाले २ र स्वतन्त्रले १ स्थानीय तह जितेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्