
राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण शिविर शुक्रवारदेखि शुरू हुँदैछ ।
टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले ३२ खेलाडीलाई शिविरमा बोलाएका छन् ।
टोलीले काठमाडौंमा चार दिन प्रशिक्षण गर्नेछ र प्रशिक्षणका लागि पोखरा जानेछ ।
टोलीले कीर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुने एएफसी फुटसल एसियन कप छनोट प्रतियोगितामा भाग लिनेछ ।
एएफसी फुटसल एसियन कप छनोटको समूह ‘बी’ मा नेपाल उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँगै परेको छ ।
नेपालले यसै वर्षको अप्रिल १० देखि १२ सम्म खेल्नेछ ।