१२ असार २०८३, शुक्रबार

आयोनिक ५ को नेपालमा बिक्री शुरू, यस्ता छन् विशेषता

फागुन १२, २०७८
आयोनिक ५ को नेपालमा बिक्री शुरू, यस्ता छन् विशेषता

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ बिक्री शुरू गर्ने तयारी पूरा गरेको छ । 

नयाँ आयोनिक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको कम्पनीको दाबी छ । 

हुन्डाई आयोनिक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको छ । आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म’मा बनेको कम्पनीले  जनाएको छ । 

आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्याधिक इनर्जी इफिसियन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको छ ।

‘हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनिक–५ मा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा शोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनिक–५ को लन्चिङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रिक कारको लागि मात्रै शोरुम सञ्चालनमा ल्याएको छ । इभीको लागि मात्रै बन्ने शोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनिक र आयोनिक ५ राखिने छ । 

इलेक्ट्रिक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपिरियन्स प्रदान गर्न सफल हुने विश्वास लिएको कम्पनीको भनाइ छ । 

कम्पनीले इभी बिक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तयारी गरिरहेको छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।     

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरूमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । 

‘हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादक मध्य हो । कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकल बनाउदै विश्वका करौडौ ग्राहकहरुको मन जित्न सफल भएको छ,’ कम्पनीको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्