
रुसले प्रहार गरेका रकेट युक्रेनका प्रमुख शहरहरूका आवासीय क्षेत्रलाई तारो बनाएको भिडियो फूटेजमा देखिने भनी द गार्डियन पत्रिकामा एन्ड्रु रथले लेखेका छन् ।
युक्रेनको जंगी संरचनालाई मात्र तारो बनाएको भनी रुसी सेनाले दाबी गरेको भए पनि नागरिकमाथि समेत आक्रमण गरिएको उनी लेख्छन् ।
खार्किभ शहरबाट आएको तस्वीरमा स्मर्च हेभी मल्टिपल रकेट लोन्चरबाट प्रहार गरिएको रकेटको पुछारको भाग देखिन्छ । रकेट भुइँमा ठोकिएपछि विस्फोट नभएको र एउटा अर्थोडक्स चर्च नजिकको सडकपेटीमा अड्किएको छ ।
ओपन सोर्स अनुसन्धान समूह सीआईटीले उक्त भिडियो खार्किभमा खिचिएको र रकेटको पुछार स्मर्च रकेट जस्तो देखिएको पुष्टि गरेको छ । आवासीय क्षेत्रमा यी रकेटको प्रहार युद्धअपराध भएको उक्त समूहको दाबी छ ।
फरेन पोलिसी रिसर्च इन्स्टिच्युटका वरिष्ठ अनुसन्धाता तथा पूर्व मरिन सैनिक रब लीले यो रकेट प्रिसिजन गाइडेड म्युनिसन नभएको बताए । यो खतरनाक संकेत भएको उनको भनाइ छ ।
Мы проверили: видео действительно снято в Харькове, виден хвост ракетной части реактивного снаряда РСЗО «Смерч».
Ракетная система залпового огня (РСЗО) — неизбирательное оружие. Удары по населённым пунктам с применением такого оружия — военное преступление pic.twitter.com/ks0r99S6EX— CIT (@CITeam_ru) February 24, 2022