१३ असार २०८३, शनिबार

यी हुन् कार्यालय नै नजाने माओवादी नेता, प्रचण्डदेखि महरासम्म

कात्तिक २०, २०७४
यी हुन्  कार्यालय नै  नजाने माओवादी नेता, प्रचण्डदेखि महरासम्म
काठमाडौं,२० असार - माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्यालय टेक्दैनन् । केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएकाबाहेक अन्य नेता आक्कलझुक्कल मात्र कार्यालय पुग्छन् ।maoist_1

अन्नपूर्ण पोस्ट लेख्छ- 'शीर्ष नेताहरू पार्टी कार्यालय त्यत्ति आउनुहुन्न', केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी पाएका एक नेताले भने, 'आइहाले पनि बैठक वा केही कार्यक्रम पर्नै पर्छ।'
नेताहरू पार्टी कार्यालयभन्दा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को लाजिम्पाटस्थित निवासमा बाक्लै पुग्ने गरेका छन् । अध्यक्ष दाहालले पनि कतिपय महत्वपूर्ण बैठक, कार्यक्रम निवासबाटै सञ्चालन गदै आएका छन् ।
प्रधानमन्त्री भएको नौ महिनाको अवधिमा पार्टी कार्यालयमा दाहालको उपस्थिति न्यून देखिएको छ । उनी प्रधानमन्त्री पदबाट हटेपछि पनि नपुगेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।

नेता नारायणकाजी श्रेष्ठ पनि कमै मात्र कार्यालय पुग्ने नेतामा पर्छन् । श्रेष्ठ पार्टी केन्द्रीय कार्यालयको बैठक र आफूले सम्हाल्दै आएको अन्तर्राष्ट्रिय विभागको बैठकका लागि मात्र कार्यालय पुग्ने गर्नुभएको छ ।
अर्का नेता कृष्णबहादुर महरा तीन वर्षअघिसम्म नियमित कार्यालय जान्थे । अहिले उनी पनि जान छोडेका छन् । महरा मन्त्री बनेयता औपचारिक कार्यक्रमबाहेक अन्य बेला केन्द्रीय कार्यालय पुगेका छैनन् । देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायत नेता पनि कमै मात्र कार्यालय जाने नेतामा पर्छन् ।
नेताहरुको न्यून उपस्थितिले पनि स्थानीय तह निर्वाचनमा आशा गरेअनुरुप परिणाम नआएको गुनासो कार्यकर्ताको छ । केपी शर्मा ओली नेतृत्वको सरकारदेखि राज्य सञ्चालनमा महत्वपूर्ण हिस्सा लिँदै आएको माओवादीका नेताले आमजनताको दैनिक कार्य र मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नसकेको केन्द्रीय सचिवालयस्तरकै एक नेता स्वीकार गर्छन्। केही नेता भने नियमित कार्यालय पुग्छन् । त्यस्ता नेतामा संगठन विभाग प्रमुख रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल र सचिवालय सदस्य विश्वभक्त दुलाललगायत छन् ।

salt training

कमेन्ट गर्नुहोस्